बलिउडमा फेरि शोकको लहर, रहेनन् ‘काबिल’ का सुप्रसिद्द अभिनेता नरेन्द्र झा

Leaderboard Banner

काठमाडौँ। यो वर्ष सन् २०१८ मा बलिउडमा लगातार शोकको आँधी बेहरी आएको छ। पहिले श्रीदेवी र त्यसपछि शम्मी जस्ता बलिउडका चर्चित सिताराहरुले यस दुनियाँलाई अलविदा गरिसकेका छन्। तर त्यसको घाउँ सुक्न नपाउँदै फेरि पनि अर्को दुखद घटना घटेको छ। आज बिहान चर्चित अभिनेता नरेन्द्र झाको ५५ वर्षको उमेरमा असमायिक निधन भएको छ। नरेन्द्र झा टिभी र फिल्मी क्षेत्रमा एक चर्चित नाम हो। आज बिहान ५ बजे अभिनेता नरेन्द्र झाको निधन भएको हो।

भारतको पूर्वी विहार राज्य स्थित मधुबनी जिल्लाको निवासी झाको निधन अप्रत्यासित तवरले भएको छ। ५५ वर्षीय झाको निधन कार्डियक अरेस्टबाट भएको भारतीय मिडियाहरुले जनाएको छ।

परिवार निकट श्रोतले स्थानीय मिडियाकर्मीलाई दिएको जानकारी अनुसार नरेन्द्र झाको मृत्यु उनको फार्म हाउसमा बिहान ५ बजे भएको हो। उनी आफ्नो साथीसंगी र परिवारसँग रमाइलो गरी समय बिताउनको लागि फार्म हाउस पुगेका थिए। नरेन्द्र झाले ऋतिक रोशनको फिल्म ‘काबिल’ र शाहरुख खानको फिल्म ‘रईस’ जस्ता फिल्महरुमा काम गरिसकेका छन्। उनले हिन्दी भाषा बाहेक तमिल, तेलुगु आदि भाषाका चलचित्रहरुमा पनि काम गरिसकेका छन्।

नरेन्द्र झाको आकस्मिक निधनले उनको परिवार तथा आफन्तजनहरु शोकमा डुबेका छन् र उनका प्रशंसकहरु पनि मर्माहित भएका छन् । झा सन् २०१५ मा सेन्सर बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकारीसँग वैवाहिक सम्बन्धमा गाँसिएका थिए।

झाले सन् १९९२ बाट मोडेलिंगबाट आफ्नो करियर सुरु गरेका थिए। राम्रो व्यक्तित्वको कारण उनले धेरै ठाउँबाट मोडेलिंगको प्रस्तावहरु प्राप्त गरे। त्यसपछि झा चाँडै नै विज्ञापन दुनियाँको एक प्रसिद्ध नाम बन्न पुगे। साथै उनले अहिलेसम्म २० वटा टिभी सिरियलहरुमा काम गरिसकेका छन्।

झाको पहिलो डेब्यु फिल्म सन् २००२ मा प्रदर्शनमा आएको थियो। उक्त फिल्मको नाम फन्टुस हो। सन् २००३ मा आएको फिल्ममा उनले ‘नेताजी सुभाषचन्द्र बोस’ मा हबीब-उर-रहमानको भूमिका निभाएका थिए। यसबाहेक झा विशाल भारद्वाजको फिल्म ‘हैदर’ मा मुम्बई डनको भूमिकाबाट चर्चामा छाएका थिए।

झाले सनी देओलको फिल्म ‘घायल वन्स अगेन’ मा पनि काम गरेका थिए। झाले आफ्नो फिल्मी करियरमा ‘हमारी अधूरी कहानी’, ‘मोहेन्जो-दारो’, ‘फोर्स २ ‘ र  ‘काबिल’ जस्ता फिल्महरुमा काम गरेका थिए। तर उनको पोल्टामा केही सुपरहिट फिल्म मात्र पर्न सफल भए। एजेन्सी

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित