नायिका शिल्पाले नायक पुष्पाई भनिन् तिम्रै नशा छ (भिडीयो सहित)

Leaderboard Banner

काठमाडौं । गत फागुन २५ गते बाट देशभर प्रर्दशनमा आएको चलचित्र मंगलमको नयाँ गित सार्वजनीक भएको छ । सार्वजनिक ‘भन के गरुँ‘’ गितकामा नायक पुष्प र नायिका शिल्पा को फिचरिङ रहेको छ। । गितकार आनन्द अधिकारिको शब्द रहेको गितको संगित संगितकार दिपक शर्माको रहेको छ गितमा गायिका जुनु रिजालको श्वर रहेको छ । भिडीयोलाई केरियोग्राफर कविराज गहतराज रे कोरियोग्राफि गरेका छन् । नायिकालाई पुष्पको नशा भने रियल लाईफमा नभएर केवल रिल लाईफमा मात्र नशा लागेको हो ।
पारिवारिक प्रेम कथामा आधारित रहेर निर्माण गरेको चलचित्र मंगलम भने हलहरुमा धमाधम चलिरहेको छ भने दर्शकहरुले पनि मन पराई रहेका छन् । चलचित्रका निर्माता भने छविराज ओझा हुन भने निर्देशक नवल नेपाल रहेका छन् । चलचित्रमा नायिका शिल्पा र नायक पुष्पका अतिरिक्त अभिनेता निर शाह अभिनेत्रि मिथीला शर्मा नायक पृथ्वीराज प्रसाई लगायतका कलाकारहरुको मुख्य भुमीका रहेको छ भने चर्चित बनिरहेकी नायिका साग्राज्ञी राज्य लक्ष्मी शाहको पनि भुमीका देख्न सकिने छ ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

श्रीदेविको निधनको महिना नकट्दै अभिनेता झाको निधन