नवनिर्वाचित राष्ट्रपति भण्डारीकाे शपथ ग्रहण अाज

Leaderboard Banner

काठमाडौँ।  नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिन कार्यक्रम तय भएको छ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माले अपराह्न ४ः०० बजेका लागि शपथको समय तय भएको जानकारी दिए।

संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीले शपथग्रहण गराउने व्यवस्था छ। राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ। उनी पहिलाेपटक संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राजधानी काठमाडौँमै प्रहरीद्वारा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट !