राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी: ८ मत बदर, १८ जनाले हालेनन् भोट

Leaderboard Banner

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयीभएकी छन्  ।

दास्रो कार्यकालका लागि आज नवनियुक्त भएकी भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले जम्मा ११ हजार ७३० मत प्राप्त गरिन् ।

जनप्रतिनिधीहरुले समेत गरे मत बदर 

आजको निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । शिक्षित जनप्रतिनिधीबाटै पनि ८/८ मत बदर हुनु भनेको निकै लाजमर्दो अवस्था मान्न सकिन्छ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतले गरेको अंग्रेजी प्रश्नको हिन्दीमा उत्तर दिएपछि ऋषि बने ट्रोल: एलिजाले दिईन् कडा प्रतिक्रिया!