फिल्मको शुटिङ सेटमै ढले अमिताभ बच्चन: अहिले जोधपुरमा उपचार गरिँदै

Leaderboard Banner

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन एक फिल्म छायाँकनकै बेला एक्कासी विरामी परेका छन्। अमिर खानको निर्माण रहेको फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा रहेका अभिनेता अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढल्न पुगेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए। उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर गरेको छ। उनको जोधपुरमा उपचार भइरहेको छ।

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए। त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो।

‘ठग्स अफ हिन्दुस्तान’का अलावा अमिताभ बच्चन ‘१०२ नट आउट’को शुटिंग पनि गरिरहेका छन। यो फिल्ममा उनको साथमा ऋषि कपूर हुनेछन। फिल्ममा ऋषिले अमिताभको छेराको भुमिकामा देखिनेछन।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

#BREAKING: बैज्ञानिक स्टीफन हकिंगको निधन