जोलीले भने, ‘ओली सरकारले ५ वर्षमा विकास र सम्वृद्धिको कायापलट गर्छ।’

Leaderboard Banner

काठमाडौँ । मंगलबार राजधानी काठमाडौँ भएको एउटा साक्षात्कारमा बोल्दै नेपाल मामिलाका जानकार तथा भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीले अब केपी ओली सरकारले नेपालमा विकास र सम्वृद्धिको कायापलट गर्ने बताएका छन्।

उनले ओली नेतृत्वको सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको समेत बताए। ‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो भरपुर सहयोग र समर्थन रहन्छ, म यहिँबाट भन्न चाहन्छु आगामी दिनहरुमा भारतको अझै धेरै सहयोग नेपालका लागि रहेनछ, नेता जोलीले भने।’ नेपाल सुखी, विकशित र सम्वृद्ध बनेको हेर्न भारत सधै आतुर रहेको समेत उनले बताए।

‘मोदीजीको पनि यही चाहना हो, नेपालमा राजनीतिक स्थायित्वसँगै विकस र सम्वृद्धिको लहर चलोस् ।’ उनले थपे, वर्तमान ओलिजिको सरकार ५ वर्षको लागि बनेको छ। यो सरकारले नेपालको बिकास र शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्व पाउनेछ।’

राजनीतिक स्थायित्व हाँसिल भएसँगै आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ, जोलीले भने ।’ अन्तमा जोलीले भारतीय प्रधानमन्त्री मोदी हरदम नेपालको विकासको साझेदार बन्न चाहेको र नेपालको हरेक सम्वृद्धिको पाईलामा भारत साथ दिन तयार रहेको समेत बताए

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फिल्मको शुटिङ सेटमै ढले अमिताभ बच्चन: अहिले जोधपुरमा उपचार गरिँदै