प्रधानन्यायाधीशबारे नेपाल बार पनि विभाजित

Leaderboard Banner

काठमाडाै । प्रधानन्याधिस र न्यायधिस बिचकाे विवादका कारण  कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन पनि विभाजित भएकाे छ  ।

डा. गाेविन्द केसी र कान्तिपुर पब्लिकेसनकाे मुद्दा अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिष्कार गर्ने न्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्णयबारे बारका पदाधिकारी दुई पक्षमा विभाजित भएका हुन्। सोमबार  साँझ नेपाल बारको एक समूहले  विज्ञप्ति जारी गर्दै न्यायाधीश जबराको कदमको टिप्पणी गरेकाे थियाे ।

विज्ञप्तिमा न्यायधिस जबराले आचारसंहिता विपरीतको काम गरेको उल्लेख गरीएकाे छ । विज्ञप्तिमा भनिएकाे छ ,  ‘उहाँले गरेको उक्त कार्यबाट गलत प्रकृया र पद्धतिको शुरुवात भएको हुँदा त्यसप्रति नेपालबार भत्सर्ना गर्दछ।’ यसका साथै बारले कुनै पनि गम्भीर विषयमा निर्णय गर्नुअघि सल्लाहकार समितिको बैठकबाट राय लिने र पदाधिकारी बैठकपछि बारको आधिकारिक निर्णय गर्ने परम्परा रहेकोमा त्यसलाई मिचिएको आरोप लगाएकाे छ ।

अदालतकाे अपहेलनाकाे मुद्दाबाट सर्वाेच्च अदालतका न्याधिसहरू पनि विभाजित भएका छन । मंगलबार प्रधानन्याधिसलार्इ बिदामा बस्न अाग्रह गर्दै अाएका ८ जना न्याधिसहरू इजलासमा नै उपस्थित भएका थिएनन् ।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हवाई दुर्घटना: आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन