पूर्व पति छविको फिल्मलाई नायिका रेखाको यस्तो प्रशंसा

Leaderboard Banner

काठमाडौं । नेपाली सिनेमा जगतकी चर्चित नायिका रेखा थापाले हालै प्रदर्शनमा आएको पूर्व पति छविराज ओझाको निर्माणमा बनेको चलचित्र  मंगलमको खुलेर तारीफ गरेकी छन् ।

गत फाल्गुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र मंङ्गलमका निर्माता ओझाले आइतबार काठमाडौँको बिग मुभिजमा सञ्चारकर्मी तथा अन्य केही चलचित्रकर्मीहरूका राखेको विशेष ‘शो’ हेर्न रेखा थापा समेत त्यहाँ पुगेकी थिइन्। डिभोर्सपछि खासैसँगै नदेखिए यी भुतपूर्व जोडी एकै ठाउँ देखिएपछि छवि र रेखाको सम्बन्धमा सुमधुर बनेको अनुमान गरीएको छ।  उक्त अवसरमा रेखाले छविको फिल्मको खुलेरै प्रसंशा गरिन्। उक्त कार्यक्रममा रेखा, छविसँगै सिल्पा समेत एकै ठाउँमा बसेर फोटो खिचाएका थिए।  निर्माताको रुपमा पनि छविले खर्च गर्न कुनै कन्जुस्याँई गरेका छैनन्,’ रेखाले भनिन्, ‘निर्देशक नवल नेपालको पनि काम गरेका छन्।’ पति पत्नीको सम्बन्धमा बनेको फिल्मले प्रेस शोमा निकै तारिफ पाएको थियो ।

सधै पारिवारिक फिल्म बनाउन रुचाउने बाघ निर्माता छविले यस पटक पनि आफ्नो पुरानो शैली र ट्रेन्डलाई नछोडेको आभास उक्त चलचित्रले गराउछ। पहिले देखिनै नेपाली फिल्मी दुनियाँलाई सफल चलचित्र दिने निर्माता ओझाले यसपटक पनि राम्रो कथाबस्तुका साथ दमदार फिल्म निर्माण गरेको सञ्चारकर्मीहरुले जानकारी दिए।

पुष्प खड्का र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतले गरेको अंग्रेजी प्रश्नको हिन्दीमा उत्तर दिएपछि ऋषि बने ट्रोल: एलिजाले दिईन् कडा प्रतिक्रिया!