जहाज दुर्घटना बारे युएस बंगलाले मुख खोल्यो, काठमाडौँ एयरपोर्टलाई लगायो यस्तो आरोप

Leaderboard Banner

एजेन्सी । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगला विमान दुर्घटना विमानस्थल एयर ट्राफिक कन्ट्रोलरुम (एटिसी) गलत निर्देशनका कारण भएको बंगला एयरलाइन्सले बताएको छ।

बंगला एयरलाइन्सका प्रमुख इमरान असिफले जनाए अनुसार चालक र विमानमा कुनै खराबी नभएको प्रष्ट पर्दै नेपाल स्थित एयर ट्रफिक कन्ट्रोलरको कमजोरीले यो दुर्घटना भएको बताएको हो। उनले भनेका छन्, ‘विमान र चालकमा कुनै खराबी छैन तर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको  एटिसीले दिनपर्ने सही जानकारी नदिएकै कारण यति ठूलो दुर्घटना हुन गएको हो ।’

ढाका स्थित युएस बंगलाको कार्यालयमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।उनले ढाकाबाट सुरक्षीत उडान भरेको विमान र विमान चालकमा कुनै समस्या नभएको बरु काठमाडा स्थीत ट्राफिक कन्ट्रोलबाट नै गलत निर्देशनका दिएका कारण जहाज दुर्घटना हुन पुगेको दाबी समेत गरेका छन् ।

तर, त्रिभुवन विमानस्थलले भने बिमान दुर्घटनामा पाइलटको नै दोष रहेको र टावरको निर्देशन नमानेको यस अघिनै बताईसकेको छ  ।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जोलीले भने, ‘ओली सरकारले ५ वर्षमा विकास र सम्वृद्धिको कायापलट गर्छ।’