विमान दुर्घटना: अहिले मृतकको डीएनए टेस्ट गरिंदै: शवहरु जलेर छेद्बिच्छेद हुँदा कठिनाई

Leaderboard Banner

काठमाडौँ । हिजो दिउँसो ३: १८ बजे त्रिभुवन विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जना यात्रुहरु मध्य धेरैको अझै सम्म पनि पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा सबैजसो शवहरु जलेर छेद्बिच्छेद भएका कारण मृतकहरुको पहिचान हुन नसकेपछि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको डीएनए परीक्षण सुरु गरिएको छ । अस्पतालमा अहिले मृतकका परिवारजान तथा आफन्तजनहरु भिड लागेको छ।

हिजो जम्मा ३ जनाको मात्र पोष्टमार्टम भएको थियो भने आज २ जनाको मात्र पोष्टमार्टम भएको छ । शवहरु जलेर छेद्बिच्छेद अवस्थामा रहेको कारणले डिएनए परिक्षणमा धेरै समय लाग्ने देखिएको छ। अब सबै सवहरुको डीएनए परीक्षण हुन अझै कम्तिमा ३ दिन लाग्ने अनुमान गरिएको छ।

अस्पतालमा डीएनए परीक्षणको काममा नेपाल प्रहरीले सहयोग गरिरहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जसले श्रीमती गुमाएको केहि महिनामै विमान दुर्घटनामा गुमाए डाक्टर छोरी !