दुर्घटनामा परे उदित नारायण झाका पुत्र आदित्यनारायण झा !

Leaderboard Banner

काठमाडौँ:- बलिउडको सुप्रसिद्ध गायक उदित नारायण झाका छोरा आदित्य नारायण आफ्नो हर्कतको कारण फेरि पनि चर्चामा आएका छन्। झाका ३० वर्षीय छोरा आदित्य कार दुर्घटनामा परेका छन्। आज सोमबार आदित्यले आफ्नो मर्सिडिज कारले अँधेरी वेस्टमा एक अटो रिक्सालाई ठक्कर दिएको हो । त्यस पछि उनलाई मुम्बई पुलिसले गिरफ्तार गरेको छ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै मुद्दा दर्ता गरेको छ ।

आदित्य माथि आईपिसीको धारा २७९ एवं ३३८ अनुसार मुद्दा दर्ता गरिएको छ। प्रहरीले बेल प्राप्त गरेपछि आदित्यलाई १० हजार रुपैयाँ जरिवाना तिराई छोडेका छन्। यस दुर्घटनाबाट अटो रिक्साको ड्राइभरको हालत गम्भीर छ। उक्त रिक्सामा बसेकी ३२ वर्षीय महिलालाई सामान्य चोट लागेको छ।

६४ वर्षीय अटो रिक्सा ड्राइभरलाई कोकिलाबेन अस्पतालमा आईसियुमा भर्ना गरिएको छ। प्रहरीले आदित्य नारायणको मेडिकल टेस्ट गर्दा उनले मदिरापान नगरेको पाइएको छ।

यो घटना लोखण्डवालाको इन्द्रचोक भवनको अगाडी भएको हो। दुर्घटना पछि आदित्य स्वयमले आफ्नो गाडीमा राखी घाइते महिला र ड्राइभरलाई अस्पतालमा पुर्याएका थिए। तर ड्राइभर र महिलाले आदित्य विरुद्द मुद्दा दर्ता गरेका छन्।

आदित्य आफ्नो हर्कतका कारण बदनाम भएको यो पहिलो पटक भने होइन। यो भन्दा पहिले गत वर्ष एक एयरलाइन्सको कर्मचारीलाई धम्की दिएको र आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो लिक भएको थियो। एजेन्सी

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विमान दुर्घटना: अहिले मृतकको डीएनए टेस्ट गरिंदै: शवहरु जलेर छेद्बिच्छेद हुँदा कठिनाई