८ न्यायधिस अदालत गएनन्, ४ इजलास ठप्प

Leaderboard Banner

काठमाडाै । प्रधानन्याधिस गाेपाल पराजुलीले विदामा नबसेर नियमित काम थालेकाे भन्दै सर्वाेच्चका ८ जना न्यायधिस अदालत गएका छैनन । पछिल्लाे समयमा विवादमा रहेका प्रधानन्यायाधीशलाई  सर्वोच्च अदालतका न्यायाधीशहरुले  विदामा बस्न  सुझाव दिएका थिए ।

सर्वोच्चमा आज गठन गरीएका  १३ वटा इजलाशहरू मध्ये  ४ इजलाश नबसेका हुन्। सर्वोच्चमा सामान्यत:  बिहान ११ बजेपछि तोकिएको इजलासमा बहस सुरु हुने भएपनी न्यायाधिस उपस्थित नहुदा इजलास ठप्प भएका हुन ।

दिपकराज जोशी र प्रकाश सिंह राउत, आनन्दमोहन भट्टराई र इश्वर प्रसाद खतिवडा,  सपना मल्ल प्रधान र हरिकृष्ण भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भर प्रसाद श्रेष्ठ इजलाशमा प्रवेश नगरेका हुन्। इजलासमा नजाने न्यायाधीशले हिजो प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय सम्पादनबाट अलग्गिन सुझाव दिएका थिए।  उनीहरू अहिलेसम्म इजलासमा नजानु कारण भने सार्वजनिक गरेका छैनन्।

प्रधानन्यायाधीश पराजुलीको इजलास बहिष्कार गरेका न्यायाधीश चोलेन्द्रशमशेर जबराको भने आज इजलास तोकिएको थिएन।

 

 

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

क्याफेबाट पाँच किलो चरेशसहित दुई पक्राउ