यी हुन् बंगलादेशमा मेडिकल अध्ययनरत विद्यार्थी: जो हिजोको विमान दुर्घटनामा परे

Leaderboard Banner

काठमाडौं- हिजो दिउँसो ३: १८ बजे त्रिभुवन विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन् भने अन्य २२ जनाको अहिले केएमसी, नर्भिक लगायतका विभिन्न अस्पताल उपचार भैरहेको छ।

उक्त विमानमा बंगलादेशमा मेडिकल विषय अध्ययन गरीरहेका १४ जना नेपाली विद्यार्थीहरु समेत परेका छन्। बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले दिएको जानकारी अनुसार जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी रहेका छन् । त्यसैगरी एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत रहेकी थिइन्  ।

उक्त विमान दुर्घटनामा परेकामध्ये चारु बराल र समिरा बज्राचार्य प्रिन्सी धामीको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। तर, अन्य ११ जनाको अवस्था भने अहिले सम्म पनि अज्ञात नै रहेको छ ।

यी हुन् विमान दुर्घटनामा परेका मेडिकल विद्यार्थी

१. आस्ना शाक्य

२. एन्जिला श्रेष्ठ

३. निगा महर्जन

४. अल्जिना बराल

५. पुर्णिमा लोहनी

६. चारु बराल

७. मिली महर्जन

८. प्रिन्सी धामी

९. स्वेता थापा

१०. सञ्जय महर्जन

११. समिरा ब्यञ्जनकार

१२. सञ्जय पौडेल

१३. सरीमा श्रेष्ठ

१४. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

८ न्यायधिस अदालत गएनन्, ४ इजलास ठप्प