चलचित्र कोहलपुर एक्प्रेसको शिर्ष गित यस्तो बन्यो (भिडियो सहित)

Leaderboard Banner

काठमाडौं । नायिका तथा निर्मात्री केकी अधिकारी को चलचित्र कोहलपुर एक्प्रेस को शिर्ष गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियो डाइरेक्टर विशाल भण्डारीले निर्देशन गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को लिरिकल अडियो गीत सार्वजनिक भएको हो ।

उक्त चलचित्र आगामि बैसाख १४ गते बाट देशभर प्रर्दशन को तयारि छ । चलचित्रको शीर्ष गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको छ भने गीतमा केही स्थिर दृश्यहरु पनि समावेश गरिएको छ । एनिमेड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।

नायिका केकी अधिकारी, नायक विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको चलचित्रको कथा निर्देशक भण्डारीले नै लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

‘अब मनसँग मन’ र ‘सि ओे डब्लु काउ’ गीतका कारण चर्चामानै रहको छ ।

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आखिर किन सन्नीले यस्तो तरिकाले चिया बनाईन् ? भाइरल बन्यो तस्विर !