आफु पैसा कमाउन चलचित्र फिल्डमा आएकी होइन –अभिनेत्री रानी मुर्खजी

Leaderboard Banner

एजेन्सी– बलिउड अभिनेत्री रानी मुखर्जी यतिबेला आफ्नो चलचित्र ‘हिचकी’ रिलिजको तयारीमा रहेकी छिन्। उनको उक्त चलचित्र आगामी मार्च २३ बाट प्रर्दशनमा आउने भएको छ । उनि अहिले आफ्नो चलचित्रको प्रचारप्रसारमा निकै व्यस्त छिन्। प्रचारकै प्रसंगमा पारिश्रमिकबारे उनले आफ्नो विचार समेत व्यक्त गरेकी छन्। ’जसलाई अभिनय गर्न नै आउँदैन,’ उनले भनिन, ’उनीहरु नै पारिश्रमिकको मुद्दामा अगाडि देखिएका छन्।’

आफू पैसा कमाउन फिल्म उद्योगमा नआएको उनले प्रस्ट पारेकी छन्। ’म अभिनयबाट अनन्द लिन चाहन्थेँ। तर मेरो परिवार भने पैसाको हिसाब राख्थ्यो,’ उनले भनेकी छन् ’तर हिजोआज अभिनयबारे ज्ञान नभएकाहरु नै पारिश्रमिकमा समानताको कुरा गरिरहेका छन्।’

आफ्नो फिल्डमा राम्रो काम गर्ने हो भने पारिश्रमिकबारे चिन्ता लिनु नपर्ने रानीको भनाइ रहेको छ। ’अभिनयदेखि रिबन काट्दासम्म पनि पैसा नै कमाउन सकिन्छ। तर यसका लागि त राम्रो काम गर्नुपर्यो,’ उनले भनिकी छन्।

आफ्नो काममा विश्वस्त रहेको भन्दै उनले पति आदित्य चोपडाको काममा कहिलै असर नगर्ने पनि बताएकी छन् पतिको उपलब्धि उनकै मेहनतबाट हुने र आफ्नो उपलब्धि आफ्नै मेहनतबाट प्राप्त हुने रानीको भनाई रहेको छ ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१५:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसकारण टाइगर श्रफको नाम राखिएको रहेछ टाइगर, गरे स्वयमले खुलासा !