राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

Leaderboard Banner

काठमाडाै । नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा  निर्विरोध निर्वाचित भएका छन ।

वाम गठबन्धनको भागबन्डामा राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेसंगै तिमिल्सिनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।  सरकारकाे प्रतिपक्षका बसेकाे कांग्रेसले उम्मेदवारी दर्ता गरेपछि तिमिल्सिना निर्वा चित भएका हुन ।  यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

एमाले एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पर्वतका तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

न्यायधिस जबराले गरे प्रधानन्यायाधीशकाे इजलास बहिष्कार