गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने एमाले निर्णय

Leaderboard Banner

कनठमाडाै । राष्ट्रियसभाकाे अध्यक्षका लागी एमालले उम्मेदवारकाे टुङगाे लगाएकाे  छ । साेमबार बिहान बसेकाे एमाले शिर्ष नेताकाे बैठकले गणेश तिमिल्सिनाकाे नाम सिफारिस गरेकाे हाे ।

एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन्। उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए।

बामगठबन्धन भागबन्डाकाे अाधारमा  राष्ट्रियसभाकाे अध्यक्ष एमालेकाे  भागमा परेकाे थियाे । राष्ट्रिय सभा अध्यक्षका लागि एमाले भित्र अाकांक्षी धेरै भएपनी  परशु मेघी गुरुङको नाम  चर्चामा थियो । राष्ट्रिय सभाको अध्यक्षका लागि सोमवार(आज) उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

केहीबेरमा नेपाल र हङकङबीच खेल हुँदै: ‘गर या मर’ को स्थिति, यदि नेपालले आज पनि हारे के हुन्छ ?