बिहीबार शुरूभएको दोहोरो झडपमा ४४ लडाकूको मृत्यु

Leaderboard Banner

मनिला, फिलिपिन्स, फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका यहाँको सैनिक प्रवक्ताले आइतबार जनाएका छन् ।

लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरूभएको दोहोरो झडपमा परी ४४ जना विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका छन् ।

गुप्तचर अधिकारीले दिएको सूचनाका आधारमा घाइते र मृतकको सङ्ख्या सार्वजनिक गरिएको सैनिक प्रवक्ता वेसानाले बताउनुभयो ।

बिहीबार विहानैदेखि शुरु भएको झडपमा दक्षिणी फिलिपिन्सको साल्बु, डाटु साउदी अम्पाटुआन क्षेत्रमा सेनाले करिब ५० विद्रोहीको सामना गरेको थियो ।-रासस÷सिन्ह्वा

प्रकाशित : आइतबार, फागुन २७, २०७४१९:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत यसरि गर्दैछ उत्पादन