गर्मीका बेला तपाईको सुन्दर छाला बचाउन यसो गर्नुहोस्

Leaderboard Banner

बिगुल स्वास्थ्य, काठमाडौँ ।

गर्मी मौषमका बेला शरीरमा पानीको मात्रा कमी हुनुका साथै शरीरका बिभिन्न भागमा बिभिन्न थरी समस्याहरु देखाउन थाल्छ । बिशेषगरी गर्मीको समयमा पानिको मात्रा पसिनाको माध्यमबाट बाहीर जाने र प्रसस्त मात्रामा पानी पिउनुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन् । गर्मीको समयमा कुनै हेलचेक्रयाई नगरी बिशेष सतर्कता अपनाउनु पर्ने हुन्छ ।
beautiful woman drinks water from a glass and shows deliciousगर्मीको समयमा पानीको मात्रा कम हुन नदिन कम्तीमा पनि २ लिटर बढी पानी पिउनु पर्दछ । तर पानीको अभाव पूर्ति गर्नका लागि पानीजन्य फलफुलहरु खरबुजा तथा काँक्रो खानु उचित हुन्छ ।
fuleko baal

गर्मीको समयमा चाँयाले पनि निकै समस्या उत्पन्न गर्दछ । यसका लागि सरसफाईमा बिषेश सावधानी अपनाउनु पर्ने हुन्छ । पसिनाका कारण जिउ चिलाउने, शरीर गन्हाउने, तथा बिभिन्न घाउ खटिराको प्रकोपले सताउन सक्ने हुदा बिशेष ख्याल राख्नुपर्ने हुन्छ ।
organic_cotton_fabricगर्मी मौषममा गुणस्तरीय ब्राण्डका कपडा प्रयोग गर्न सकिन्छ । घमौरा तथा घाउ खटिरा आउने संभावनालाई टार्नका लागि यस्तो मौषममा कटन तथा आवा खेल्ने किसिमका कपडाहरु लगाउनु राम्रो हुन्छ ।

suncreamचर्को घामका कारण छालामा बिभिन्न समस्याहरु उत्पन्न हुन सक्ने हुदा छालाका लागि मोस्चराईज क्रिमहरु प्रयोग गर्न सकिन्छ । राम्रो ब्राण्डको सनलोसन तथा सनस्क्रिन क्रिम प्रयोग गर्दा छालाको लागि निकै लाभदायक हुन्छ । एजेन्सी

प्रकाशित : शनिबार, फागुन २६, २०७४०९:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन् खाली पेटमा लसुन खाँदाका १० फाइदाहरु