विश्वकै सबैभन्दा सुरक्षित देश, जहाँ कुनै अपराध हुदैन, पुलिस कसलाई भन्छ भन्ने समेत थाहा छैन कसैलाई पनि !!

Leaderboard Banner

काठमाडौँ: - के तपाईले अहिलेसम्म संसारको कुनै यस्तो देशको बारेमा सुन्नु भएको छ जहाँ न कुनै सेना-प्रहरी छन् न नौसेना नै...? यदि तपाईलाई थाहा छैन भने हामी आज तपाईलाई उक्त देशको बारेमा बताउनेछौं। सिर्फ यति मात्र होइन उक्त देशसँग सम्बन्धित केही रोचक जानकारी पनि दिन गईरहेको छौं।

सुरक्षा व्यवस्थाको लागि दुनियाँको सबै देशहरुले सेना-प्रहरी र नौसेनाको प्रबन्ध गरेका छन् तर युरोपको एक सानो देश यस्तो छ कि जहाँ कुनै सेना या नौसेना छैनन्। यसको बाबजुद पनि यहाँ कुनै अपराधको रेकर्ड छैन।

यस देशको नाम आइसल्याण्ड हो। यो देशलाई संसारको सबैभन्दा सुरक्षित देशहरुमध्येमा एक मानिन्छ। तपाई यो जानेर अचम्मित हुनेछ कि यहाँ प्रहरी बन्दुक लिएर कहिल्यै हिड्दैन।

यसलाई संसारको सबैभन्दा सुन्दर देश पनि मानिन्छ। यो देश युरोपको पश्चिमी क्षेत्रमा अवस्थित छ, जसले पूरा दुनियाँलाई आकर्षित गर्दछ। यहाँ समुन्दी किनारामा बिना कपडा हिड्नु सामान्य मानिन्छ।

सबैभन्दा अचम्मलाग्दो कुरा यो छ कि यस देशमा कुनै जंगल छैन। यसबाहेक, यस देशमा मानव बसोबास सुरु हुने समयमा स्यालहरु पाइन्थ्यो। त्यस समय यहाँ स्याल बाहेक अरु कुनै जनावर पाईएको थिएन।

यहाँका मानिसहरु धेरै नै बुद्दिमानी छन्। यस देशमा मानिसहरुको नाम त हुन्छ तर अन्तिम नाम(थर) भने हुदैन। त्यसकारण यहाँ कुनै पनि भेदभाव छैन। यहाँ कुनै रेलवे स्टेशन छैन। कुनै पनि यात्रा गाडीबाट गर्नुपर्छ।

यहाँ अधिकतम समय हिमपात भएपनि यहाँ मानिसहरु आइसक्रिम खान मन पराउँछन्। यद्यपि यो देशको पनि सुरुवातमा धेरै गरिबीको सामना गर्नु परेको थियो तर आज दुनियाँको सबैभन्दा सुरक्षित देश भएको छ। एजेन्सी

प्रकाशित : बुधबार, फागुन २३, २०७४१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यहाँ ७० वर्षको महिलालाई पनि देखिन्छ १७ वर्षको जस्तो , यस्तो छ सुन्दरताको राज !