वृद्धाश्रममा गराईयो युवतिहरुको अश्लील डान्स, विवादमा आयो कार्यक्रम!

Leaderboard Banner

एजेन्सी, न्यूजील्याण्ड क्राइस्ट चर्चको एक वृद्धाश्रमले वृद्धहरुको मनोरन्जनलाई ध्यानमा राख्दै पोल डान्सको आयोजना गरेको थियो । वृद्धाश्रम प्रबन्धकको अनुसार यस्तो कार्यक्रमले  वृद्धलाई राम्रोसँग ध्यान राख्न र उनीहरुलाई डिप्रेशनबाट टाढा राख्न निकै मद्दत हुने गर्दछ । यस डान्स कार्यक्रमलाई लिएर स्थानीय नगर परिषदले आपत्ति जनाउदै यसलाई गलत बताएका छन् । क्राइस्ट चर्च सल्लाहकार पीटर हलले भने कि उनी यो देखेर निकै आश्चर्यमा रहेका छन् । वृद्ध मानिसहरुको हेरविचारको लागी यस्तो गर्नु निकै नै अनुचित रहेको छ । यो मनोरञ्जनको साधन होइन । लगातार उठिरहेको प्रश्नको जवाफ दिदै वृद्धाश्रम प्रबन्धकले भने कि वृद्धहरुको केही अलग गर्ने ईच्छा रहेको थियो । उनीहरु दिनहुँको जिन्दगीलाई दिक्दार महसूस गरिरहेका थिए । उनीहरुको अनुरोधमा पोल डान्स गराईएको थियो ।

यस डान्स प्रोग्राममा लगभग ३० पुरुष र महिला वृद्धहरु  समावेश थिए । डान्स पर्फमेन्स सकिने बित्तिकै  हलमा तालीको वर्षा हुन्थ्यो। वृद्धहरुको व्यक्तिगत स्याहार गर्ने युवतीको अनुसार उनीहरुलाई  यो कार्यक्रम निकै मन परेको थियो र पछि पनि यी डान्सरहरुलाई बोलाइने बताएकी छिन् ।

प्रकाशित : मङ्गलबार, फागुन २२, २०७४१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पर्फेक्ट टाइमिंगको कमाल, यी तस्वीरहरु हेर्नुभएमा तपाईको हाँसो अवश्य थामिनेछैन !!!