यस सुप्रसिद्ध मोडेलको ट्वीटको कारण डुब्यो १.५ बिलियन डलर

Leaderboard Banner

अमेरिकाको सुपरिचित रियालिटी टिभी स्टार तथा मोडेल काइली जेनरको एक ट्वीटले शेयर बजारमा हंगामा मच्चाएको छ। उनको एक ट्वीटको कारण एक मल्टिमिडिया एप कम्पनीले यति ठुलो नोक्सान बेहोर्नु पर्यो कि एकै दिनमा अरबौंको घाटा सामना गर्नु पर्यो।

वास्तवमा हालै मल्टिमिडिया एप कम्पनी स्नापच्याटले आफ्नो फिचरमा केही परिवर्तन गरेको थियो। स्नापच्याटको यस बदलाबलाई लिएर काइली जेनरले एक ट्वीट गरेकी थिईन। उनको यस ट्वीटले पूरा शेयर बजारमा खलबली मच्चाएको छ।

ट्वीटरमा काइली जेनरको करिब २४.५ मिलियन फलोअर्स छन्। उनले स्नापच्याटले गरेको फिचरको बदलाब बारे ट्वीट गरिन कि म बाहेक अरु कसैले स्नापच्याट बन्द गरेका छन् या म मात्र हो…यो एकदम दु:खको कुरा हो। उनको यस ट्वीटलाई हजारौँ फलोअर्सले रिट्वीट गरेका छन्। साथै करिब ३ लाख ४३ हजार भन्दा बढी व्यक्तिहरुले लाइक पनि गरेका छन्।

मिडिया रिपोर्ट अनुसार काइलीको यस ट्वीटले स्नापच्याटको प्यारेन्ट कम्पनीको शेयर करिब ६ स्थान तल झरेको छ। उनको यस ट्वीटले स्नापच्याट कम्पनीको करिब १.३ बिलियन अमेरिकन डलर नोक्सान भएको छ।

काइली जेनरले गरेकी ट्वीट : 


एजेन्सीको सहयोगमा

प्रकाशित : शनिबार, फागुन १२, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं !